गोरखा २७, असार । नेपाल कम्युनिष्ट पार्टी निकट बिधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियन (क्रान्तिकारी) गोरखाको संयोजकमा बिष्णु पाण्डेलाई चयन गरिएको छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले पठाएको परिपत्रमा संगठनको संयोजकको जिम्मेवारी पाण्डेलाई दिइएको उल्लेख छ ।
त्यस्तै संगठनको सह–सयोजकहरुमा नबिन घिमिरे, सुलभ अम्गाई, सरोजबल्लभ भट्टराई, र रमा श्रेष्ठलाई जिम्मेवारी दिइएको संगठनका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिनुभयो । संगठनले तत्कालिन जिल्ला संयोजक सञ्जिव थापामगरलाई भने संगठनको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको जनाएको छ ।
लामो समयदेखि संगठनमा निस्कृय भएको र संगठनको बिधि र नीति बिपरित कार्यगरि कम्युनिष्ट आर्दश र चरित्रबाट थापामगर बिचलित भई पछिल्लो समय प्रतिमगनकका पक्षधर एमाले केपी ओली समुहको पक्षपोषणमा लागेको भन्दै संगठनले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जनाइएको छ ।