एजेन्सी २६, असोज । अफगानिस्तानमा त्यहाँको सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन् । उत्तरी अफगानस्तानको सिबरगन क्षेत्रमा शुक्रबार सेनाले गरेको कारवाही परि अन्य थप १० जना लडाकु घाइते भएको अफगान सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी प्रान्त सिबरगनमा सो कारबाही गरिएको थियो । त्यस कारबाहीका क्रममा अरु २३ जना तालिबानी लडाकूहरुलाई यहाँको सेनाले पक्राउ गरेको थियो ।
त्यस कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएका पनि समाचारमा जनाइएको छ । उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुन सक्ने आशंका गरिएको छ । तर यस विषयमा यहाँको सेनाले भने कुनै जानकारी दिएको छैन ।
सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो ।
त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । अफगान सेनाले कारबाही शुरु गरेपछि तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।