गोरखा २६, असार । गोरखामा नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु तथा नेपाली कांग्रेसका सातै प्रदेशका युवा नेताहरुको भेला आज सम्पन्न भएको छ । जिल्ला सदमुकाममा ५ बुदेँ घोषणा पत्र जारी गर्दै भेला सम्पन्न भएको हो । भेलामा नेपाली काग्रेसका नेता गोबिन्द भट्टराई लगायतको सहभागिता रहेको थियो । भेलाले आसन्न १४ औँ महाधिवेशन सम्पन्न गर्न सम्पुर्ण युवाहरुलाई सक्रियताका साथ सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।
बृहत्त छलफल पछी सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न युवाहरुले आवश्यक पहल गर्ने निर्णय पनि भेला गरेको जनाइएको छ । त्यस्तै कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेको ठहर गर्दे भेलाले तत्कालै सम्पूर्ण नागरिकलाई कोभिड बिरुद्धको भ्याक्सिनको ब्यवस्था गर्न सरकार संग जोडदार माग गरेको छ ।
जेठको अन्तिम सातादेखि देशको विभिन्न भागमा अत्याधिक बर्षाका कारण बाढी र पहिरोबाट पिडित जनताको तत्काल उचित बसोबासको ब्यवस्था सहित राहत उपलब्ध गराउन पनि भेलाले सरकारसंग माग गरेको जनाइएको छ । त्यस्तै बैचारिक र राजनैतिक कार्यक्रममा युवाहरुको सहभागीता कम भएको भन्दै आगामी दिनमा नेपाली कांग्रेसमा युवाहरुलाई ब्यापाक रुपमा आवद्ध गराउने र बैचारिक र राजनितिक प्रशिक्षण गराउने निर्णय गोरखा भेलाले गरेको नेबिसंघले जनाएको छ ।
५ बुदेँ घोषणा पत्र
१) नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन सम्पन्न गर्न तमाम युवाहरुलाई सक्रियताका साथ सहभागी हुन आह्वान गर्ने ।
२) सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आवश्यक पहल गर्ने ।
३) कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेकोले तत्काल सम्पूर्ण नागरिकलाई भ्याक्सिनको ब्यवस्था गर्न जोडदार माग गर्ने ।
४) बाढी, पहिरो पिडित जनताको तत्काल उचित बसोबासको ब्यवस्था सहित राहत प्रदान गर्ने ब्यवस्था मिलाउन जोडदार माग गर्ने ।
५) आगामी दिनमा नेपाली कांग्रेसमा युवालाई ब्यापाक रुपमा आवद्ध गराउन बैचारिक र राजनितिक कार्यक्रम तर्जुमा गर्ने ।