काठमाण्डौ २५, असार : सरकारले चीनबाट किनेको कोरोना विरूद्ध दिइने ८ लाख डोज खोप नेपाल आइपुगेको छ आज बिहान नेपाल बायुसेवा निगमको जहाजले खोप काठमाडौं ल्याइपु¥याएको हो । सरकारले भेरोसेल खोप ल्याएको हो ।
खोप लिन हिजो निगमको जहाज चीन गएको थियो । ६० वर्ष उमेर समूहकालाई लगाउन सरकारले खोप ल्याएको हो । खोप लिनका लागि निगमको जहाज अब दुईपटक चीन जाँदैछ ।
असार ३१ र साउन ७ मा निगमको जहाज चीन जानेछ । खोप लिएर साउन १ र असार ८ मा जहाज नेपाल आउने तालिका छ । सरकारले करिब ४० लाख खोप चीनबाट ल्याउन लागेको छ ।