Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज देशभर कति भए संक्रमित, कति छन् आइसोलेसनमा यो हेर्नुहोस्


2K
Shares

आज देशभर कति भए संक्रमित, कति छन् आइसोलेसनमा यो हेर्नुहोस्

काठमाण्डौं २५, असार । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४७९ जना सङ्क्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थप १ हजार ३१६ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको छ । कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् । हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् । नेपालमा हालसम्म ४ लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड खोपको दुई डोज लगाइसकेका छन् भने ५ लाख ३ हजार ७७४ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका छन् । दुवै डोज खोप लगाउनेको कूल संख्या ९ लाख ६४ हजार ५०८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology