काठमाण्डौं २३, असार । घर भित्रै गोली हानेर हैटीका राष्ट्रपतिको हत्या गरिएको छ । राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा गोली हानिएको समाचार संस्था रेयटर्सले जनाएको छ ।
उक्त घटनामा राष्ट्रपति मोइसेकी श्रीमती गम्भीर घाइते हुनुभएका ृछ । हैटीमा राष्ट्रपति मोइसेको विगत ३ वर्षदेखि राजीनामा माग हुदै आएको थियो ।
कार्यकाल सकिएपछि पनि असंवैधानिक तरिकाले सत्तामा रहेको भन्दै उहाँ बिरुद्ध सडकमा लगातार प्रदर्शन भइरहेका थिए । राष्ट्रपति मोइसेको हत्या कसले गर्यो भन्ने केही खुल्न सकेको छैन ।