गोरखा २३, असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज प्रतिनिधि सभा बिघटन बिरुद्ध अखिल क्रान्तिकारीले बिरोध स्वरुप मसाल जुलुस प्रर्दशन गरेको छ । राष्ट्पतिले दोस्रो पटक प्रतिनिधिसभा बिघटन गरेपछि पुर्नस्थापनको माग गर्दै अखिल क्रान्तिकारीले जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको जन्मथलो बारपाकसुलिकोट गाउँपालिकामा मंगलबार साँंझ मसाल जुलुस सहितको बिरोध प्रर्दशन गरेको हो ।
अखिल क्रान्तिकारीका नेता सुलभ अम्गाईको नेतृत्वमा भएको मसाल जुलुस सहितको बिरोध प्रर्दशनमा सहभागीहरुले प्रतिनिधिसभा बिघटनका बिरुद्ध चर्को नाराबाजी गरेको थियो । प्रर्दशनमा सहभागी अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटना तर्फ धकेल्दै गएको भन्दै त्यस बिरुद्ध सर्घषमा उत्रन परेको बताएका छन् ।
राँके जुलुस सहितको बिरोध प्रर्दशन पछि आयोजित कोणसभालाई नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी कमिटिका अध्यक्ष नरबहादुर गुरुङ र अखिल क्रान्तिकारीका नेता सुलभ अम्गाईले सम्बोधन गर्नुभएको थियो ।