Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पेनाल्टीमा ४-२ गोलले अन्तरले स्पेनलाई हराउदै इटाली युरोकपको फाइनलमा प्रवेश


2.8K
Shares

पेनाल्टीमा ४-२ गोलले अन्तरले स्पेनलाई हराउदै इटाली युरोकपको फाइनलमा प्रवेश

काठमाण्डौं २३, असार ।जारी युरोकप २०२० अन्तर्गत पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गरेको छ । इङ्ल्याण्डको लण्डनस्थित वेम्ब्ली मैदानमा ६० हजार दर्शकसामु खेलिएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटसम्म पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा भने इटालीले अग्रता लिन सफल भएको थियो । खेलको ६०औं मिनेटमा इटालीका फेडेरिको चियासाले गोल गर्दै चारपटकको विश्वकप विजेता इटालीलाई अग्रता दिलाएका थिए ।

खेलको ८०‍औं मिनेटमा स्पेनका स्ट्राइकर अलभारो मोराटोले बराबरी गोल गर्दै तीनपटकको युरोकप विजेता स्पेनलाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा भने स्पेनका मोराटो र ओल्मो दुवैले आ(आफ्नो पेनाल्टी मार्फत् गोल गर्न चुकेपछि खेल ४-२ गोलको अन्तरले इटालीको पक्षमा गएको हो ।

पछिल्ला ३३ खेलहरुमा अपराजित रहेको इटालीले अब फाइनल खेल आज राती खेलिने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology