Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेरि मौसम संक्रिय : कहाँ कहाँ भारी बर्षाको सम्भावना छ (यो हेर्नुहोस )


5.2K
Shares

फेरि मौसम संक्रिय : कहाँ कहाँ भारी बर्षाको सम्भावना छ (यो हेर्नुहोस )

काठमाण्डौं २३, असार ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा मुलुकभरका धेरैजसो स्थानमा पानी पर्नेछ, भने केही प्रदेशमा भारी वर्षासमेत हुनेछ।बुधबार दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ। प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। यसैगरी, प्रदेश १ का एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना छ।राति पनि प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

बिहीबार देशका धेरै स्थानमा पानी पर्ने आँकलन गरिएको छ। जसमा प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology