Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बन्दुकधारीद्वारा  स्कूलका १४० विद्यार्थी अपहरण


2.9K
Shares

बन्दुकधारीद्वारा  स्कूलका १४० विद्यार्थी अपहरण

एजेन्सी २२, असार । नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् । प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ ।

यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो ।आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट कम्तीमा आठजनालाई अपहरण गरिएको थियो । अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् ।

एक स्थानीय इसाई नेताका अनुसार स्कूलमा १८० विद्यार्थी थिए जसमा २० जनाबारे मात्रै पत्ता लाग्न सकेको छ । उनीहरुका अनुसार यीमध्ये केही भागेका पनि हुनसक्छन् ।एक स्थानीय सरकारी अधिकारीले अपहृत व्यक्ति र बालबालिकाको खोजीका लागि सेनाले आफ्नो प्रयास तिव्र पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology