नागरिक सवाल । चर्चित नायिका प्रियंका काकीले सामाजिक सञ्चालमा बेवी सावरका तस्विर सार्वजनिक गरेकी छिन् । सामाजिका सञ्जालमा बिभिन्न कारण चर्चामा आउने गरेकी कार्कीले बेबी सावरका तस्बिर फेरि चर्चामा आएकी छिन् ।
अभिनेत्री कार्कीले आइतबार नयाँ तस्विर सार्वजनिक गरेकी हुन् । साथीहरुसंग उनले तस्विरका साथ ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।
म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी छिन् । सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’


