Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखा नगरपालिका–१४ र तनहुँको एक्लेफाँट जोड्ने झोलुङ्गे पुलको लठ्ठा काटियो


4K
Shares

गोरखा नगरपालिका–१४ र तनहुँको एक्लेफाँट जोड्ने झोलुङ्गे पुलको लठ्ठा काटियो

गोरखाा २१ असार । गोरखा नगरपालिका–१४ र नहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुलको लठ्ठा काटिएको छ । गएको बिहिबार राती आएको पानीले नदीमा पानीको बहाव बढेपछि पुलमा क्षति पुर्याएको थियो । पुल नदीमा डुवेपछि पुल मुनीका बस्तीका थप जोखिमको आँकलन गरि झोलुङ्गेको लठ्ठा काटिएको जिल्ला प्रसासन कार्यालय तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

पुलमा थप जोखिम हुन नदिन लठ्ठा काटिएको उहाँको भनाई छ । बाढीले तनहुँतर्फको पुलको भाग भासिएर नदीमा पुगेको थियो । “पुल मर्मत नभइञ्जेल थप जोखिम हुन नदिन पुलको लठ्ठा काटिएको छ”, बरालले भन्नुभयो । पुलबाट दैनिक सयौँ सर्वसाधारण वारपार गर्दथे । गोरखास्थित अकला मन्दिर जाने बाटो पनि यही पुल थियो । पुल भत्किएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology