Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज पनि देशका अधिकांस क्षेत्रमा भारी बर्षा हुने


4.1K
Shares

आज पनि देशका अधिकांस क्षेत्रमा भारी बर्षा हुने

काठमाण्डौं १८, असार । हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ । जसका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । अहिले प्रदेश १, प्रदेश २ ,बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यमदेखि भारी वर्षा भई बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिनभर नै मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । ।

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology