काठमाडौं १६, असार । युनियन लाइफ इन्स्योरेन्सले असार २४ गते बिहीबारदेखि सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो। निष्कासन गर्न लागेको कुल ६४ लाख कित्तामध्ये ५ प्रतिशत ९३ लाख २२ हजार ५००० कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनीकोषलाई सुरक्षित गरिएको छ।
सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर जारी गर्न लागेको हो।आइपिओ छिटोमा असार २८ र ढिलोमा साउन ७ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्म आवेदन दिन सक्नेछन्।
निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।