Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा संसद बिघटनका बिरुद्ध भोलि बिरोध प्रर्दशनको तयारी


4.2K
Shares

गोरखामा संसद बिघटनका बिरुद्ध भोलि बिरोध प्रर्दशनको तयारी

गोरखा १५, असार । गोरखा जिल्लामा क्रियाशिल ४ राजनीतिक दल निकट बिधार्थी संगठनहरुले सरकारको अधिनायकबाद र स्वेच्छाचारी शासनका बिरुद्ध भोली गोरखा सदरमुकाममा बिरोध प्रर्दशन गर्ने भएको छ । आज बसेको ४ बिधार्थी संगठनको संयुक्त बैठकपछि जारी गरिएको संंयुक्त बिज्ञप्तिमा संसद पुर्नस्थापनाको माग गर्दै बिघटनका बिरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

बिज्ञप्तिमा निषेधाज्ञाका अबधीभरको सम्पुर्ण शुल्क राज्यले व्यर्होनु पर्ने माग गर्दै नीजि शैक्षिक संस्थाले मनपरी रुपमा थोपरेकोे शैक्षिक शुल्कका बिरुद्ध कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।

त्यस्तै शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले पदिय मर्यादा बिपरित कानुनलाई चुनौत दिने गरि गरिएका हर्कत र गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु प्राबिधिक माथि भएको जातिय बिभेदको बिरोध गर्दै बिभेदका बिरुद्ध हुदै आएको सवै खालको आन्दोलनमा आफुहरुको एक्येबद्धता रहेको जनाएको छ ।

बिज्ञप्तिमा अखिल क्रान्तिकारीका गोरखाका इन्जार्च रामकृष्ण भट्ट, अनेरास्वबियूका जिल्ला अध्यक्ष सचिन भट्टराई नेबिसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी र समाजबादी बिधार्थी युनियनका जिल्ला संयोजक मिलन न्यौपानले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology