Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

युरोकप फुटबलको नकआउट चरण अन्तर्गत आज अन्तिम दुई खेल हुदै


4.8K
Shares

युरोकप फुटबलको नकआउट चरण अन्तर्गत आज अन्तिम दुई खेल हुदै

काठमाण्डौं १५, असार । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज नकआउट चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । आज राति हुने पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । भने दोस्रो खेलमा स्विडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ । लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९ : ४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा मैदान उत्रने छ । स्विडेन र युक्रेनबीचको खेल राती १२ : ४५ मा सुरु हुनेछ । यसअघि, गयराति भएको खेलबाट स्विटजरल्याण्ड र स्पेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले फ्रान्सलाई पराजित गर्यो । हिजै भएको अर्को खेलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology