Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन


4.1K
Shares

काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन

काठमाण्डौ. १५, असार : काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णयअनुसार आजबाट सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् ।

उपत्यकाभित्र निषेधाज्ञा भने एक साता थप गरिएको छ । २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातका साधन सञ्चालन हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कलिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसअघिदेखि नै निजी सवारी साधन पनि जोर–बिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका छन् ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी गरिएको थियो । आजदेखि सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology