Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज बिभिन्न क्षेत्रमा भारी बर्षाको सभ्भावना, भोलिदेखि मौसम फेरि संक्रिय हुने


7.1K
Shares

आज बिभिन्न क्षेत्रमा भारी बर्षाको सभ्भावना, भोलिदेखि मौसम फेरि संक्रिय हुने

काठमाण्डौं १५, असार । भोलिदेखि देशभरि फेरि मनसुन सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय भई देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रहने बुलेटिनमा उल्लेख छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology