Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

आज १८ औँ राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै


9.3K
Shares

आज १८ औँ राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं १५, असार : आज १८ औँ राष्ट्रिय धान दिवस, नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर सरकारले धान दिवसको नाउमा हिलो नखेल्न र दुरी कायम गर्न अनुरोध गरेको छ । असार १५ अर्थात आजका दिनलाई नेपाली समाजमा दहीचिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ । कामको चटारोले किसान थकित भएका बेलामा दहीचिउरा खाए शक्ति प्राप्त हुने विश्वास छ ।

२०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजका दिन असारे भाका गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन भए पनि कोरोना भाइरसको महामारीका कारण दुरी कायम गरी सावधानी अपनाउनुपर्ने अवस्था छ । धान दिवसको अवसरमा कर्णाली प्रदेशमा भने आज सार्वजनिक बिदा दिइएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीराम घिमिरेका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल धानमा आत्मनिर्भर हुन्छ । सातवटै प्रदेशमध्ये प्रदेश १ र लुम्बनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अन्य सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology