कास्की १४, असार : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चियर कालीगण्डकी डाइभर्सन योजना सुरू गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ ।
विश्व हिन्दु महासङ्घ सहित विभिन्न संघ संस्थाका तर्फबाट आज ध्यानाकर्षण पत्र बुझ्दै उहाँले केन्द्र सरकारसँग गरेको आग्रह पालना नभएमा र प्रदेशको आवाजको सुनुवाइ नभएमा सर्घषमा उत्रन तयार रहेको बताउनुभयो । प्रदेशको भावना विपरीत जाने प्रयास भएमा आफुहरु सहेर नबस्ने र सम्पूर्ण नागरिकलाई उतारेर भए पनि योजना सफल हुन नदिने उहाँले बताउनुभयो ।
प्राकृतिक स्रोतको बाँडफाँटलाई ख्यालै नगरी संविधान मिच्ने र सङ्घीयतालाई कमजोर बनाउने खेलका रूपमा यो कार्य रहेको उहाँको भनाइ छ ।