Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एमाले ओली पक्षले गर्यो कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बित


2.1K
Shares

एमाले ओली पक्षले गर्यो कर्णाली प्रदेशका तीन सांसद फेरि निलम्बित

काठमाण्डौ १२, असार : नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद फेरि निलम्बित भएका छन् । प्रदेशसभा सचिवालयले हिजो एक सूचना जारी गरी एमाले संसदीय दलको निर्णयअनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्बन गरेको जनाएको छ ।

सूचनामा एमाले संसदीय दलको हिजो बसेको बैठकको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको उल्लेख छ । गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सांसद प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परे पनि जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहालीको निर्णय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology