Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (के को मूल्य कति बढ्यो यो हेर्नुहोस)


5.3K
Shares

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (के को मूल्य कति बढ्यो यो हेर्नुहोस)

काठमाण्डौं ९ असार नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ ।

मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय १० रुपैयाँ र आन्तकि हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सात सय ३५ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर वृद्धि भएकाले नेपाली बजारमा पनि चाप बढेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology