Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश


1.8K
Shares

जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश

काठमाण्डौं ८, असार । ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड १९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सर्वोच्च अदालतले आज सरकारका नाममा अन्तरिक्ष आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई ढिलाइ भएको भन्दै अदालतले आदेश दिएको हो ।

अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न भनेको छ । विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् । दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology