Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै


7.5K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदै

काठमाण्डौं ८, असार । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुने भएको छ । क्यानका म्यानेजर विनोद दासले टिमको बन्द प्रशिक्षणको तालिका हिजोबाट भए पनि खेलाडीहरूले औपचारिक रुपमा आजबाट अभ्यास गर्ने जानकारी दिनुभयो ।

स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले तयारी सुरु गर्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ । क्यानले प्रशिक्षणमा सहभागी हुने १९ खेलाडी र ३ अफिसियलको कोरोना परिक्षण गरिसकेको छ । फाईल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology