Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा


5.5K
Shares

नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा

काठमाण्डौं ७, असार । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरिएको छ । गृह मन्त्रालयले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरूवा गरेको छ।एक वर्ष कार्य अवधि पुगेका एसएसपीहरूको सोमबार सरूवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

सरूवा सूचीअनुसार प्रहरी प्रधान कार्यालय योजना तथा अन्वेषण शाखामा कार्यरत् कृष्णहरि शर्मा पोखरेलको प्रदेश कार्यालय गण्डकी पोखरा सरूवा भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत् हृदय थापाको प्रधान कार्यालय योजना तथा अन्वेषण शाखामा सरूवा भएको छ।

टेकबहादुर तामाङको अख्तियार, नलप्रसाद उपाध्यायको प्रधान कार्यालय राजमार्ग तथा ट्राफिक व्यवस्थापन महाशाखा, राजेन्द्रप्रसाद चौधरीको अपराध अनुसन्धान महाशाखा १ नम्बर प्रदेश, उमेशराज जोशीको अपराध अनुसन्धान विभाग, दीपक थापाको प्रदेश प्रहरी २ नम्बर, विक्रम चन्दको सुदूरपश्चिम प्रदेश सरूवा भएको छ।

चन्द्रकुवेर खापुङको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र नरबहादुर खत्रीको गण्डकी प्रदेशमा सरूवा भएको छ।खापुङ यसअघि नै अपराध अनुसन्धान महाशाखामा सरूवा भईसक्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology