Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डा. बाबुराम भट्टराईको हस्ताक्षर चोरियो


2.4K
Shares

डा. बाबुराम भट्टराईको हस्ताक्षर चोरियो

काठमाण्डौं ६, असार । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफ्नो हस्ताक्षर चोरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

आइतवार राति ट्वीट गर्दै डा। भट्टराईले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई लक्षित गर्दै आफ्नो हस्ताक्षर दुरुपयोग गरि निर्वाचन आयोगमा बुझाएको भन्दै आपत्ती जनाउनु भएको हो ।

‘स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु ’ डा.भट्टराईले ट्विटमा उल्लेख गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गर्दै डा.भट्टराईले मुहान फोहोर भएपछि तल सफा नहुने समेत टिप्पणी समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology