काठमाण्र्डौ ६, असार । आज एकैदिन थप २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ९ सय ५६ कोरोना परीक्षण गर्दा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
गत २४ घन्टामा ६ हजार ६ सय ७७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ४ हजार २ सय ४९ एन्टीजेन परीक्षण गदा १ हजार १ सय २१ जनामा कोरानो सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६ लाख ४७ हजार १ सय ५८ पुगेको छ ।