Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी प्रदेशमा दलहरु बिच मन्त्री भागबण्डा मिल्यो (कुन दललाई कति मन्त्रालय यो हेर्नुहोस)


6.5K
Shares

गण्डकी प्रदेशमा दलहरु बिच मन्त्री भागबण्डा मिल्यो (कुन दललाई कति मन्त्रालय यो हेर्नुहोस)

पोखरा ५, असार। गण्डकी प्रदेशमा गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेको छ । काग्रेसको नेतृत्वमा बनेको सरकारमा कुनदलले कति मन्त्रालय लिने मन्ने टुङगो नहुदा दलहरु बिच मन्त्रालय बाडफाँडमा समस्या हुदै आएको थियो ।मुख्यमन्त्री कार्यलयसहित ११ मन्त्रालय रहेको गण्डकीमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले ४–४ मन्त्रालय पाउने भएका छन् ।

कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । काग्रेसबाट यस अघि एक मन्त्री बनिसकेकाले अब थप २ जना मन्त्री थपिने छन् । माओवादी केन्द्रबाट अब ३ जना मन्त्री थपिनेछन् । यसअधि मधुमाया अधिकारी गुरुङ मन्त्री बनिसक्नु भएको छ । । त्यस्तै दुई मात्र सांसद रहेको जसपाबाट दुवैजनामन्त्री बन्ने पक्का भएको छ । जसपाबाट हरीशरण आर्चायले मन्त्रीको सपथ लिईसक्नुभएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार जनता समाजवादी पार्टीका २ जना सांसद नै मन्त्री बन्ने भएका छन् । हरिशरण आचार्य यसअघि उक्त दलबाट मन्त्री बनिसकेका छन् । उक्त दलबाट गत शनिबार शपथ लिन नपाएको भन्दै धनमाया पोखरेल (लामा)ले असन्तुष्टि जनाउदै मन्त्री हुन नपाए गठबन्धन स्विकार गर्न नसक्ने चेतावनी समेत दिदै आउनुभएको थियो ।

स्वतन्त्र सांसद राजीव गुरुङ‘दीपक मनाङे’ले पनि मन्त्रीको शपथ लिइसकेका छन् । गत शनिबार मुख्यमन्त्री पोखरेलसहित मन्त्रीको शपथ लिएका सबैलाई बिना विभागीय मन्त्री बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology