Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी प्रदेशका मूख्यमन्त्री नेपालीलाई बिश्वासको मत, अब चुनावसम्म मुख्यमन्त्री


3.7K
Shares

गण्डकी प्रदेशका मूख्यमन्त्री नेपालीलाई बिश्वासको मत, अब चुनावसम्म मुख्यमन्त्री

पोखरा ४, असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी आज प्रस्ताव पेस गर्नुभएको थियो । उहाँको पक्षमा ३१ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । यसैगरी विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको छ ।

प्रदेश सभामा सभामुख सहित ५९ जना सहभागी थिए । ५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत माग्नुभएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ ।

मुख्यमन्त्रीलाई काँग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जसपाका २/ २ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ । बिश्वासको मत पाएसगै मुख्यमन्त्री नेपाली अब निर्वाचनसम्म मूख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology