काठमाण्डौं ३१, जेठ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
आयोगले जसपाको आधिकारिकता विवादमा त्रुटीपूर्ण निर्णय गरेको भन्दै यादव भट्टराई पक्षले त्यसलाई अदालतमा चुनौती दिने तयारी गरेको हो ।
जसपा नेता महेन्द्र राय यादवले नियम कानुनको साटो सेटिङ्गका आधारमा आयोगले निर्णय गरेकाले त्यसविरुद्ध अदालत जान लागेको बताउनुभयो ।