Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

६ ओटा अस्पतालका लागि ७ करोड ७० लाख बजेट (यि हुन छनोटमा परेका अस्पतालहरु)


4.5K
Shares

६ ओटा अस्पतालका लागि ७ करोड ७० लाख बजेट  (यि हुन छनोटमा परेका अस्पतालहरु)

काठमाण्डौं ३१, जेठ । देशका विभिन्न स्थानमा रहेका ६ वटा अस्पतालमा आवश्यक पूर्वाधार तयारीका लागि रकम निकासा गर्ने भएको छ । अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट, आईसीयू र एचडीयू बेड निर्माण तथा भेन्टिलेटर जडानका लागि सात करोड ७० लाख रुपैयाँ बजेट निकासा गर्ने भएको हो । अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयबाट आएको प्रस्तावका आधारमा ६ वटा अस्पतालमा उपकरण र अक्सिजन प्लान्ट निर्माणका लागि बजेट निकासा गर्न सहमति दिएको हो ।

अर्थ मन्त्रालयका अनुसार पाल्पाको रामपुर अस्पतालमा अक्सिजन प्लान्टका लागि ७५ लाख रुपैयाँ र पाँच बेड एचडीयू जडानका लागि ८० लाख रुपैयाँ निकासा गर्न सहमति दिइएको छ । यस्तै, बेनी अस्पताल म्याग्दीमा अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ, रुकुम अस्पताल रुकुम पूर्वमा एचडीयू पाँच बेड व्यवस्था गर्न ८० लाख रुपैयाँ, प्युठान अस्पताल बिजुवारमा पाँच बेड एचडीयू व्यवस्था गर्न ८० लाख रुपैयाँ, रोल्पा अस्पतालमा पाँच बेड एचडीयूका लागि ८० लाख रुपैयाँ बजेट निकासा गर्ने सहमति प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, चौरजहारी अस्पताल रुकुमका लागि पाँच बेड आईसीयू र दुई वटा भेन्टिलेटर खरिद गर्न तीन करोड रुपैयाँ निकासाको सहमति प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology