जेठ २९ , पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालयमा धर्ना दिन पुगेका छ्न । कार्यालय भित्र प्रवेश नदिएपछि ३१ जना साँसदहरु प्रदेश प्रमुखकाे कार्यालय बाहिर धर्नामा बसेका हुन ।
गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आपत्ति जनाउनु भएको छ ।