Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओली भाइरस पोखरामा पनि सल्कियो : डा. भट्टराई


1.7K
Shares

ओली भाइरस पोखरामा पनि सल्कियो : डा. भट्टराई

काठमाडौ,२९ जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले पुनः मुख्यमन्त्रीको दाबी गर्नुले ओली भाइरस पोखरामा पनि सल्केको टिप्पणी गर्नुभयो । उहाले शनिबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो टिप्पणी गर्नुभएको छ ।

‘यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो’ भन्दै उहाले ‘त्यसको प्रतिवादमा एकजुट हुन अपिल गर्दछु ।’ ओली भाइरस पोखरामा पनि सल्केको देखियो है । यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो ।

अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं । सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology