Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बुढीगण्डकी आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थबाट ६८ अर्व राजस्व उठाइयो


4.9K
Shares

बुढीगण्डकी आयोजना निर्माणका लागि पेट्रोलियम पदार्थबाट ६८ अर्व राजस्व उठाइयो

काठमाण्डौं २८, जेठ । गोरखा र धादिङको सिमानमा पर्ने बूढीगण्डकी जलाशय जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पर्दाथमा लगाएका करबाट करिब साढे ६८ अर्ब रुपैयाँ बढी संकलन गरेको छ । निगमले ५ वर्षमा पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाई बूढीगण्डकीका नाममा यति रकम संकलन गर्दै आएको छ ।

अहिलेसम्म बूढीगण्डकी जलाशय आयोजना कसरी निर्माण गर्ने भन्ने मोडालिटी नै तयार गर्न नसकेको सरकारले पेट्रोलियम पदार्थबाट कर उठाउने काम भने नियमितरूपमा गरिरहेको छ । भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा प्रत्येक महिना भन्सार नाकामै पूर्वाधार करको रकम उठाएर अर्थ मन्त्रालयको खातामा जम्मा गर्ने गरिएको छ ।

अहिलेसम्म बूढीगण्डकी आयोजनाका लागि ६८ अर्ब ५६ करोड रुपैयाँ पूर्वाधार करबाट संकलन भइसकेको निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । ‘५ वर्षदेखि नियमितरूपमा बूढीगण्डकीका लागि पूर्वाधार कर उठिरहेको छ,’ उहाँले भन्नुभयोे, ‘यो कर उपभोक्तालाई भार नपर्ने गरी भन्सार नाकामै संकलन भई सरकारको खातामा जम्मा हुन्छ ।’

आयल निगमका अनुसार सबैभन्दा बढी चालू आर्थिक वर्ष २०७७÷७८ को जेठसम्ममा २० अर्ब २२ करोड रुपैयाँ संकलन भइसकेको जनाइएको छ । पेट्रोलियम खपत हरेक वर्ष बढिरहेकाले सोही अनुपातमा बूढीगण्डकीका लागि उठ्ने पूर्वाधार करको रकम पनि बढिरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology