Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जनमोर्चाका सांसद थपा फेरि पद मुक्त


2.7K
Shares

जनमोर्चाका सांसद थपा फेरि पद मुक्त

पोखरा २८, जेठ । राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो ।

यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाले जनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा प्रदेश सभामा मतदान हुँदा विपक्षमा मतदान गर्न र तटस्थ नबस्न जनमोर्चाले ह्विप जारी जारी गरेको थियो । तर प्रदेश सभा सदस्य थापा तटस्थ बस्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology