Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

म्यान्मार सेनाद्वारा सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता


3.4K
Shares

म्यान्मार सेनाद्वारा सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाण्डौं २८, जेठ । म्यान्मारको सैन्य प्रशासनले अपदस्थ नेता आन सान सूचीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सूचीमाथि घुसको रुपमा नगद र सुन लिएको आरोप लगाइएको छ । उहाँमाथि लगाइएको आरोप प्रमाणित भएमा १५ सालको जेल सजाय हुन सक्ने छ । त्यसबाहेक उहाँमाथि थप ६ वटा मुद्दा दर्ता गराइएको छ ।

जसमा अवैध रूपले वाकी–टकी आयात गर्ने र सार्वजनिक अशान्ति फैलाएको आरोप पनि रहेको छ । गत फेब्रुवरी १ मा सेनाले म्यान्मारको सत्ता कब्जामा लिएपनि सूचीलाई सेनाले पक्राउ गरेको हो । सैन्य काउन्सिलको तर्फबाट आज जारी गरिएको प्रेस रिलिजमा सूचीले ६ लाख अमेरिकी डलर घुसको रुपमा र सात वटा सुनको बिस्कुट लिएको आरोप उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology