Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हिजो रातीदेखि बेपत्ता भएका मन्त्री रिर्सोटमा भेटिए


4.5K
Shares

हिजो रातीदेखि बेपत्ता भएका मन्त्री रिर्सोटमा भेटिए

कास्की २७, जेठ । बेपत्ता भएको भनिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) रिर्सोटमा भेटिनु भएको छ । कास्की प्रहरीको टोलीले आज राति करिब आठ बजे लेकसाइडको बरपिपल रिसोर्टमा भेटेको जनाएको छ ।

हराएको जानकारी आएपछि खोजीमा सुरु गरेको प्रहरीले मन्त्री गुरुङ सम्र्पकमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । एसपी श्रेष्ठले मन्त्री गुरुङसंग नियमित कुराकानी भइरहेको बताउनुभयो । बुधबार रातिदेखि बेपत्ता भएका मन्त्री गुरुङ मोवाईल अफ गरेर बस्नु भएको थियो ।

एक महिना अघिमात्र गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा उभिनु भएका मन्त्री गुरुङ बिहिबार संसदमा मूख्यमन्त्रीले बिश्वासको मत लिने दिन बैठकमा सहभागी नभएपछि तिव्र खोजी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology