Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशमा पनि मध्याबधी निर्वाचनको घोषणा गर्ने मुख्यमन्त्रीको तयारी


5.9K
Shares

गण्डकी प्रदेशमा पनि मध्याबधी निर्वाचनको घोषणा गर्ने मुख्यमन्त्रीको तयारी

काठमाडौं २६, जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भोलि नै मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना बढेको छ । मुख्यमन्त्री निकट स्रोतका अनुसार विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री गुरुङले मध्यावधि घोषणा गर्ने तयारीमा लाग्नु भएको हो । संविधानको १६८ (३) अनुसार ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले संघभन्दा पनि एक कदम अघि बढेर मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी गर्नुभएको उहाँका निकट एक सांसदले खुलासा गर्नुभएको छ ।

संविधानको १६८ (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’ भनी उल्लेख छ।

ठूलो दलको आधारमा बिहीबार विश्वासको मत लिन लागेका गुरुङले १६८ (४) को कार्यान्वयन गर्न लाग्नु भएको हो । तर, १६८ (५) लाई पालन नगरी निर्वाचन घोषणा गर्ने दिशामा मुख्यमन्त्री जान लाग्नु भएको हो। ‘

संविधानको धारा १६८ ९७० मा १६८ ९५० अनुसार बनेको मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा संसद् भंग गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने व्यवस्था छ। प्रदेश सरकार बनाउने संसद्को अन्तिम विकल्प १६८ ९५० हो। बिहीबार संसद् भंग गरियो भने १६८ ९३० अनुसार बनेको मुख्यमन्त्री सिफारिसअनुसार हुनेछ। विपक्षीले आफ्ना एक सांसदलाई बहुमत रहेको दाबीसहित प्रदेश प्रमुखकहाँ पुग्ने बाटो नै बन्द हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology