Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

म्याद गुज्रेको औषधीको फोटोलाई लिएर सांसद निकटबाट धम्की :माओबादीको गम्भीर ध्यानकर्षण


7.3K
Shares

म्याद गुज्रेको औषधीको फोटोलाई लिएर सांसद निकटबाट धम्की :माओबादीको गम्भीर ध्यानकर्षण

गोरखा २७, जेठ । गोरखा २७, जेठ । गोरखा क्षेत्र नम्बर १ (ख) मा नेपाली काग्रेसबाट निर्वाचित प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले बितरण गरेको म्याद गुज्रेको औषधीको फोटो खिचेको बिषयलाई लिएर केही व्यक्तिहरुलाई गरिएको दुव्र्यहार र धम्की प्रति नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट गाउँपार्टी कमिटिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष नरबहादुर गुरुङले एक बिज्ञप्ति जारी गर्नुहुदै कोरोना संक्रमितका लागि गाउँपालिकाको वडा नम्बर ४ स्थित सौरपानी र रन्चोक उपस्वास्थ्य चौकीमा वितरण गरिएको भनिएको औषधीमध्ये केहि मिति गुज्रिएका औषधीहरु रहेकोबारे सामाजिक संजालमा आएको बिषयलाई लिएर स्थानीय केहि समाजसेवी एवं बुद्धिजिविहरुलाई सांसद निकटकाहरुबाट गरिएको दुर्व्यवहार र धम्कीप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

“सांसद जस्तो सार्वजनिक पदमा रहेको ब्यक्ति माननीय प्रकाशचन्द्र दवाडीले स्थानीय सरकारसँगको सहकार्य बिना केहि आफ्ना झुण्डलाई मात्र साथ लिई सहयोग वितरण गर्नु पनि कमजोरी देखिन्छ, बिज्ञप्तिमा भनिएको छ. “साथै सहयोग वितरणको क्रममा मिति गुज्रिएको औषधी देखिनु गलत हो ।”

बिज्ञप्तिमा मानव जीवन माथिको खेलबाड जस्तो कुरामा सांसद र उहाँ निकट व्यक्तिबाट भएको कमजोरीलाई नागरिकस्तरबाट उठाईदिदा धन्यबाद दिएर अबदेखि त्यस्ता कमिकमजोरी हुन नदिने प्रतिबद्धता जनाइ महानता देखाउनु पर्नेमा उल्टै म्याद गुज्रिएको औषधीको फोटो किन खिचेको, किन फेसबुकमा राखेको भन्दै दुव्र्यबहार र धम्की दिनु निन्दनीय कार्य भएको उल्लेख छ ।

साथै यस घटनाले सांसद दुवाडी र उहाँका प्रतिनिधीले हेलचक्राई पूर्वक औषधी बितरण गरेको समेत पुष्टी उहाँबाटै भएको पनि छ । साथै सांसद दवाडी स्वयमले आफ्नो बिज्ञप्तिमा पनि केही औषधी म्याद गुज्रेको भेटिएको स्विकार गरिसक्नु भएको पनि छ ।

यसअघि पनि सौरपानीको क्होलस्वारा र बारपाकको मान्द्रेमा सांसद दुवाडीबाट उपलब्ध गराएको औषधी सेवनकै कारण कोभिड–१९ पोजेटिभ बिरामीहरुमा थप समस्या बढेको जानकारी प्राप्त भएको भन्दै बिज्ञप्तिमा यस्ताखाले समस्याहरुको गुनासोहरु क्रमिक रुपमा आइरहेको अवस्थामा उक्त कमजोरीहरुबारे स्थानीय सचेत वर्गमा चर्चा चल्नु स्वभाविक भएकाले आत्मआलोचित भएर कमजोरी सुधार्नतर्फ नलागेर स्थानीय ब्यक्तित्वहरुमाथि ज्यान मार्नेसम्मको धम्कीपूर्ण जुन भाषा र दुर्व्यवहार सामाजिक संजाल मार्फत समेत गर्नु भनेको चरम अराजकताको पराकाष्टा भएको उल्लेख छ ।

बिज्ञप्तिमा जनताको सेवा गर्ने हो भने स्थानीय सरकार र जनतासँग प्रत्यक्ष सहकार्य र संमन्वय गरेर पारदर्शी ढंगबाट सक्दो सहयोग गर्दा कोभिड–१९ प्रभावित जनतालाई सकरात्मक राहत नै पुग्ने भन्दै साथै समाजका सचेत वर्गसँग तिक्तता र प्रतिशोध साध्न खोज्नु उचित नहुने उल्लेख छ ।

सस्तो लोकप्रियताका लागि मात्र गरिने यस्ता त्रियाकलापले जनताको स्वास्थ्यमाथि नै गंभिर आघात पुग्ने भन्दै प्ररचारित औषधीहरुबारे साच्चै सत्य हो भने मानवअधिकारप्रतिको गंभिर अपराध हो, जनताको दुःख र पिडामाथिको नाङ्गो खेलबाड नै भएको ठहर बिज्ञप्तिमा उल्लेख छ । वितरणको क्रममा स्थानीय प्रतिनिधिहरुलाई पूर्व जानकारी र सहकार्य बिना किनाराको साक्षि राख्ने र राजनीतिक प्रतिशोधपूर्ण भाषा प्रयोग गर्दै मिडियाबाजी गर्ने कार्यशैली झनै निन्दनीय भएको पनि माओबादी केन्द्रले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

“मुलुक यतिखेर कोभिड १९ को महामारीले आक्रान्त छ, जनताहरु उपचार नपाएर दिनदिनै अकालमा जिवन गुमाउन बाध्य छन्, बिज्ञप्तिमा भनिएको छ, तर सत्ताको बागडोर सम्हालनेहरु भने जालझेल, षड्यन्त्र र लुटको धन्दामा चुलुम्म डुबेको प्रष्ट भैराखेको यस्तो अवस्थामा कोभिड–१९ पिडित जनतालाई जुनसुकै निकाय वा ब्यक्तिहरुबाट सहयोग गर्नु स्वागतयोग्य छ, सहयोगी सबै महानुभावहरुप्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गर्दछौ ।”

बिज्ञप्तिमा सहयोगको नाममा घमण्ड, अराजकता र उछ्रिङ्खल प्रवृति देखाउनेका बिरुद्ध बारपाक सुलिकोटबासी सचेत जनता त्यस्ता हर्कतको बिरुद्धमा प्रतिरोध गर्न तयार भएको भन्दै जनताको स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा सबै राजनीतिक दल, जनप्रतिनिधि र आम जनसमुदाय एकताबद्ध भएर सरकारको एकद्वार नीति कार्यान्वयन गरी बारपाक सुलिकोटबासी जनताको जिवन रक्षाको लागि सहयोग अभियानमा सक्रिय हुन हार्दिक अपिल गरिएको छ ।

(बिज्ञप्तिको पूर्णपाठ)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology