गोरखा २४, जेठ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश अध्यारो सुरुङ तर्फ धकेलिदै गएको बताउनु भएको छ । गोरखा आइपुग्नु भएका डा. भट्टराईले आज पत्रकारहरु संग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सच्चिने अबस्थामा नरहेको बताउनुभयो ।
‘ओलीलाई जनमत दबाबबाट परास्त गर्नुको बिकल्प छैन, उहाँले भन्नुभयो,‘ उनि अहिले देशी बिदेशी प्रतिमगनकारी तत्वहरु संग मिलेर देशलाई गम्भीर संकटमा धकेल्ने प्रयत्न गरिरहेका छन् ।’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफूले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गर्दा ओलीले बेवास्ता गरेको बताउनुभयो ।
उहाँले बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर ओली भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा गणतन्त्र परास्त गर्ने खेलमा लागेको आरोप लगाउनु भयो ।