गोरखा २४, जेठ । गोरखामा भोलि (मंगलबार) देखि निषेधाज्ञाका बेला बैंक तथा सहकारी खेल्न पाइने भएको छ । जिल्ला स्तरीयय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले स्वास्थ्य मापदण्डको पालन गरि बैंक तथा सहकारी खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
बैठकले बैंक तथा सहकारी बाहेका बित्तिय संस्थाहरु लधुबित्त, बिमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंक भित्र समेत २ मिटरको भौतिक दुरी अनिबार्य कायम गर्नुपर्ने निर्णय डिसिसिएमसीको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
बैंकिङ सेवा निषेधाज्ञाको अबधीभर बिहान १० बजेदेखि २ बजेसम्म मात्र सञ्चालन गर्न पाउने उहाँको भनाई छ ।