Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संबिधान बिरुद्धको अभिव्यक्तिमा पनि माओबादीलाई दोषी देखाएर महतोलाई एमालेको पुरस्कार


1.9K
Shares

संबिधान बिरुद्धको अभिव्यक्तिमा पनि माओबादीलाई दोषी देखाएर महतोलाई एमालेको पुरस्कार

काठमाण्डौं २३, जेठ । सत्ता बहिर्गमनलाई जोगाउन बिबादास्पद निर्णय गदै आएको एमाले ओली पक्षले सरकारमा जनता समाजबादी पार्टी (जसपा) लाई लगेसंगै उपप्रधानमन्त्री बन्नु भएका राजेन्द्र महतोको अभिव्यक्तिले राष्ट्रियता अखण्डता माथि धावा बोल्ने प्रयास गरेपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका पनि पुराना ४ मन्त्री बाहेकका सवैलाई हटाएर जसपालाई ८ मन्त्री र २ राज्यमन्त्री दिएर सरकारमा पुर्याए लगत्तै उप्रप्रधानमन्त्री बनेका महतोले शपथ ग्रहण गर्ने बित्तिकै देशलाई बुहराष्ट्रिय राज्य बनाउने आफ्नो आन्दोलन जारी रहेको घोषणा गर्नुभयो । सरकार फेरबदलमा अंक गणितको चर्को हिसाव भइरहेका बेला भारतीय दुताबासमा बसेर निर्णय लिएको आरोप लागेका जसपाका ठाकुर र महतो पक्ष सरकारमा सहभागी भएर उपप्रधानमन्त्री बने लगत्तै यस्तो अभिव्यक्ति आउनुले उक्त अभिव्यक्तिालाई शंकाको दृष्टिकोणबाट हेरिनु स्वभाबिक पनि हो ।

उहाँको यो अभिव्यक्ति नेपालको संबिधान बिपरित हो । संबिधान सभा मार्फत घोषणा गरिएको संबिधान जलाउने महतो सत्ता लिप्सामा चुर्लुम भएर यही संबिधान अन्र्तगत बनेको सरकारमा सहभागी हुदै यस्तो अभिव्यक्ति दिनु नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता माथि नै प्रश्न उठाउनु हो । सत्तामा बसेर उपप्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिबाटै संबिधान बिपरितका हर्कतको प्रयास गरिएपछि महतो मात्र होइन प्रधानमन्त्री ओली माथि समेत उहाँले देखाउदै आएको राष्ट्बाद माथि प्रश्न चिन्ह खडा भएको छ ।

किनकी आफ्नो नेतृत्वमा रहेको उपप्रधानमन्त्री राष्टहित बिरुद्धको अभिव्यक्तिमा प्रधानमन्त्री चुक्क समेत बोल्ने हिम्मत गर्नुभएन । उसो त बरु एमाले ओली पक्षका नेता लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले आफ्नो पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री महतोले दिएको अभिव्यक्ति प्रति माओाबादीलाई दोष लगाएर प्रधानमन्त्री र पार्टीलाई चोख्याउने प्रयास गरेका छन् । मुख्यमन्त्री पोखरेलको उपप्रधानमन्त्री महतोले बोलेका कुरा नेकपा माओवादी केन्द्रले सिकाएको आशय झल्किने गरी आरोप छ ।

यो आरोपले एमाले ओली पक्ष गल्ती कमजोरी स्विकार गरेर अघि बढ्नु त कता हो कता नाँच्न जान्दै आँगन टेडो भने जस्तै आफ्नो गल्ती ढाकछोप गर्न अरुलाई दोष लगाएर उम्कने प्रयासमा छ । ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै। आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो,’ पोखरेलको आरोप छ, ‘आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ।

तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्ना मन्त्री मण्डलका तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले मधेस नेपालबाट अलग्याउने अभिव्यक्ति दिदा उहाँको मन्त्री पद खोसेको इतिहास छ । तर अहिले एमाले ओली पक्षले महतोलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिने कुरा त परको कुरा हो बरु पोखरेलको धारणाले एमाले ओली पक्ष र प्रधानमन्त्री उपप्रधानमन्त्रीको अभिव्यक्तिको बिषयमा माओबादी केन्द्रलाई दोष थुपारेर उनै महतोको उक्त अभिव्यक्तिलाई पुरस्कार दिएको स्पस्ट हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology