Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राजधानीमै जलाइयो उपप्रधानमन्त्री महतोको पुत्ला


2.8K
Shares

राजधानीमै जलाइयो उपप्रधानमन्त्री महतोको पुत्ला

काठमाण्डौं २२, जेठ । मन्त्रीको सपथ खाए लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागि पर्ने अभिव्यक्ति दिएपछि उपप्रधानमन्त्री राजेन्द्र महतोको बिरुद्ध सवत्र बिरोध सुरु भएको छ । शनिबार नेकपा एमालेको माधव कुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेका छन् ।

अनेरास्वबियुले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गर्दै महतोको पुत्ला दहन गरेका हुन् । उपप्रधानमन्त्रीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले विद्यार्थी नेता सुदेश पराजुलीसहित आरती लामा, महेश श्रेष्ठ, मेघनाथ चापागाईं, अशोक थापा, तपेन्द्र शाही, अमर पुन, लक्ष्मी क्षेत्री, हर्क बम, आकाश खनाल लगायतलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology