नागरिक सवाल
काठमाण्डौं २२, जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार मध्यरातदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो ।
मूल्य बृद्धि सगै पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ। निगमले निषेधाज्ञा लागू भएपछि दोस्रो पटक पेट्रोलियम पर्दाथमा मूल्य बृद्धि गरेको हो ।