Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उषाको किरणुको साथमा आए चन्दन र प्रतिभा (भिडियो)


14.3K
Shares

उषाको किरणुको साथमा आए चन्दन र प्रतिभा (भिडियो)

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन भएको उषा को किरणु बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा युवती प्रति प्रेम भाव व्यक्त गरिएको छ। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन्। गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। सुदिप बिस्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। हाइलाइट्स नेपालको मार्फत भिडियो सार्वजनिक गरिएको हो। भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology