Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पुजा र आकाशको रोमान्स (भिडियो )


15.9K
Shares

पुजा र आकाशको रोमान्स (भिडियो )

काठमाडौँ । गायिका निशा कंडेलले आफ्नो बिल्कुलै नयाँ गीत तस्बिर २ (ओ प्रिया) को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । रोमाण्टिक भर्सनको यस गीतमा उनलाई युवा गायक अमन प्रधानले स्वरमा साथ दिनुभएको छ । तस्विर बोलको निरन्तरता रहेको यस गीतलाई तस्विरकै गीतकार बिष्णुबाबु देवकोटाले रचना गर्नुभएको हो। टिका दहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गर्नुभएको छ ।

म्युजिक भिडियोमा दर्शक स्रोता माझ लोकप्रिय कलाकार आकाश श्रेष्ठ र पुजा शर्माको जोडीलाई प्रस्तुत गरिएको छ। यस अघिको तस्विर भिडियोमा समेत यहि जोडीको अभिनय रहेको थियो। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि गायिका कंडेलले सधैलाई, नेपाली छोरी, म के भनौ,म्युजिक भिडियोहरु सार्वजनिक गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology