काठमाण्डौं २१, जेठ । नेकपा एमाले ओली समुह भित्र गृहमन्त्री कसलाई बनाउने भन्ने बिषयमा बिबाद भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले भक्तपुरका महेश बस्नेतलाई गृहमन्त्री बनाउन प्रस्ताव गरेपछि बिबाद भएको स्रोतको दावी छ । प्रधानमन्त्री ओली माओबादी केन्द्रबाट एमाले प्रबेश गर्नुभएका रामबहादुर थापा (बादल) को स्थानमा बस्नेतलाई गृहमन्त्री बनाउन चाहानु भएको हो ।
स्रोतका अनुसार बादलको ठाउँमा बस्नेतलाई गृहमन्त्रीमा लैजान राष्ट्रपति विद्यादेवी भण्डारी समेत नचाहानु भएको हो । यता निर्बतमान गृहमन्त्री बादलले प्रधानमन्त्री ओलीलाई भेटेर मन्त्रिमण्डल पुर्नगठनमा आफ्ना पक्षका नेताहरु उचित ढंगबाट नसमेटेपछि गम्भीर आपत्ती जनाइसक्नु भएको स्रोतको दावी छ ।
राष्ट्रपतिले महेशको नाम गृहमन्त्रीका रुपमा आएमा सपथसम्म गराउन आफू तयार नहुने जनाउ प्रधानमन्त्रीलाई दिनुभएको हो । एमाले भित्रैका केही नेताहरुले पनि बस्नेतलाई गृहमन्त्री दिँदा ठीक नहुने सुझाव प्रधानमन्त्रीलाई दिएको स्रोतले दाबी छ ।