गोरखा क्षेत्र नम्बर २ (ख) का प्रदेशसभाका सांसद प्रकाशचन्द दवाडीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुडले बिश्वासको मत नलिईकन सरकार चलाउनुको औचित्य नहुनेमा बताउनुभएको छ । गण्डकी प्रदेशको आठौं, अधिबेसन तथा तेस्रो बैठकलाई मंगलबार सम्बोधन गर्दै सांसद दवाडीले यस्तो बताउनु भएको हो ।
उहाँले अल्पमतको सरकारले संसदको बैठक चलाएको भन्दै सदन कसरी चलेको छ, सरकार कसरी अगाडी बढेको भन्ने बाक्यांस नै नभएको उल्लेख गर्नुभयो । सांसद दवाडीले सरकार बिश्वासको मत नलिई अगाडी बढेको असन्तुष्टी व्यक्त गर्नुहुदै त्यसका जबाफ सरकारले दिनुपर्ने माग गर्नुभयो ।
आफुहरुसभाको मर्यादा पालन गर्न बैठकमा सहभागिता जनाएको भन्दै कोरोनाले आक्रान्त बनेका जनताले सिटामोल समेत नपाएको अबस्थामा सरकार हामी यहाँ छौ भन्दै बजेट प्रस्तुत गरेर अघि बढ्नु सान्र्दभिक नभएको बताउनुभयो ।