Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गण्डकी प्रदेश सरकार केन्द्र सरकारको डुप्लिकेट जस्तै भयो : सांसद थापामगर


5.4K
Shares

गण्डकी प्रदेश सरकार केन्द्र सरकारको डुप्लिकेट जस्तै भयो : सांसद थापामगर

गोरखा क्षेत्र नम्बर १ (क) प्रदेश सभाका सांसद लेखबहादुर थापाले गण्डकी प्रदेश सरकार अनैतिक रुपमा चलिरहेको केन्द्र सरकारको डुप्लिकेट जस्तै भएको बताउनुभएको छ । गण्डकी प्रदेशको आठौं, अधिबेसन तथा तेस्रो बैठकलाई मंगलबार सम्बोधन गर्दै निर्बतमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहनु भएका थापामगरले यस्तो बताउनु भएको हो । उहाँले गण्डकी प्रदेश सरकार अस्थिर, आतंकित र अर्कमण्यतामा फसेको आरोप समेत लगाउनुभयो ।

‘ प्रदेश सरकार लुतुरे रसीले छाती माथि जाँतो झुण्ड््याए जस्तो भएको छ, सांसद थापामगरले भन्नुभयो, अब अबैधानिक ढंग हुनसक्ने बिघटन प्रति सवैले खबरदारी गर्नुपर्छ ।’ उहाँले अहिलेको रुपान्तरणको बाधक व्यक्तिबाद भएको भन्दै तत्काल प्रदेश सरकारले बिश्वासको मत लिनुपर्ने बताउनुभयो । सांसद थापामगरले संसदमा भएको जोड घटाउका बिच प्रदेश प्रमुख फेरिनु नियोजित षडयन्त्र भएको भन्दै सांसद थापा मगरले त्यो एकाधिकार र अलोकतान्त्रिक प्रबृति भएको बताउनुभयो ।

उहाँले आफ्नो ३८ महिने कार्यकालमा गण्डकी प्रदेशमा आम किसानको पक्षमा धेरै काम गरेको उल्लेख गर्नुहुदै आफ्नो चेतना क्षमताले भ्याएसम्म इमान्दारिता तथा निष्ठा पूर्वक आम किसानहरुको पक्षमा काम गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गण्डकी प्रदेशमा सयौं किसानलाई आत्मानिर्भर बनाउदै कृषिलाई स्वरोजगार मूलक बनाउन सफल भएको र मन्त्रालयलाई आबश्यक पर्ने नियमावली, ऐन निकै मेहनतका निर्माण गरेको संसदलाई जानकारी गराउनुभयो ।

सांसद थापामगरले आफुले चाहेरपनि प्रदेशको बहुप्रचारित राष्ट्रिय गौरवपूर्ण प्रदेश गौरबको योजना गण्डकी गाई फर्म र क्याम्स नोकरशाही सयन्त्रको असहयोग तथा प्रदेश सरकारमा बुझाइएका एक रुपताको अभावका कारण कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले अहिले राष्ट्रबादी र राष्ट्रघाती बिच टकराव स्थित चलिरहेको भन्दै अहिले सवै संबैधानिक निकायलाई असंबैधानिक बनाइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology