Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भीम रावलको ओली प्रति कटाक्ष : जसपालाई २० मन्त्री दिएर शक्तिको धुपबत्ती गरे हुन्छ !


3.6K
Shares

भीम रावलको ओली प्रति कटाक्ष : जसपालाई २० मन्त्री दिएर शक्तिको धुपबत्ती गरे हुन्छ !

काठमाण्डौ १८, जेठ । नेकपा एमाले नेता भीम रावलले जसपालाई ८ मन्त्री र २ राज्यमन्त्र दिएरै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी थालेपछि त्यस प्रति कटाक्ष गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विट मार्फत प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओली प्रति लक्षित गदै लम्परास हुनु नै छ भने जसपालाई २० मन्त्र दिएर बाँकी ५ मन्त्री आफुसंग राखे हुने सुझाव दिनुभएको हो ।

त्यसो गरे ‘खुसी पार्नुपर्ने शक्ति पनि मक्ख पर्ने’ नेता रावलले लेख्नु भएको छ । नेता रावलले ट्विटमा लेख्नु भएको छ “जसपा (महन्थ पक्ष)लाई आठ मन्त्री र दुई राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाई आयो, प्रम केपीले लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला, यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने ।,”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology